Sagun Khabar
कञ्चनपुरका कानुन व्यवसायी आन्दोलित 

कञ्चनपुर –देशभरजस्तै न्यायालय सुधारको माग गर्दै कञ्चनपुरका कानुन व्यवसायी पनि आन्दोलित भएका छन् । नेपाल बार एसोसियएसन कञ्चनपुर र उच्च अदालत बार एसोसियसनको अगुवाईमा आन्दोलन शुरु भएको उच्च अदालत बार एसोसियसनका अध्यक्ष अधिवक्ता यज्ञराज जोशीले बताए । 

विकृति, विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिकाको माग राख्दै आन्दोलन शुरु गरिएको अधिवक्ता जोशीले बताए । आज जिल्ला अदालत कञ्चनपुर र उच्च अदालत महेन्द्रनगरमा कानुन व्यवसायीहरुले धर्ना समेत दिएका थिए । 

Atrya hospital

अदालतका काम कारवाहीमा कुनै असर नपार्ने गरेर आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रेको अध्यक्ष जोशीले बताए । शान्तिपूर्ण आन्दोलनमा बरिष्ठ अधिवक्ता भोजराज जोशी, नेपाल बार काउन्सिलका पार्षद प्रकाश पाण्डेय, नेपाल बारका पूर्व उपाध्यक्ष उमेशप्रसाद बिष्ट, नेपाल बार एसोसियसन कञ्चनपुरका अध्यक्ष कृष्णदेव जोशी लगायतका कानुन व्यवसायीहरुको  सहभागिता रहेको थियो । 

संसदीय सुनुवाई समिति गठन, संवैधानिक परिषदको बैठक बोलाउनुपर्ने, संवैधानिक दायित्व पूरा गर्नुपर्ने लगायतका मागहरु राखेर कानुन व्यवसायीहरु आन्दोलित भएका हुन् । आफूहरुका माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहने उच्च अदालत बार एसोसियसनका अध्यक्ष अधिवक्ता जोशीले बताए ।  

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update