Sagun Khabar
कञ्चनपुरमा रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल फेला 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ । कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ । 

कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए । घटनास्थल नजिक चप्पल र टोपी भेटिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update