Sagun Khabar
मानसखण्ड सर्किटका लागि भारतसँग छलफल गर्ने मन्त्री साउदको भनाइ 

कञ्चनपुर –परराष्ट्र मन्त्री एनपी साउदले मानसखण्ड सर्किट निर्माणका लागि भारतसंग छलफल गर्ने बताएका छन् । नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्ड जोड्न मानसखण्ड सर्किट बनाउन सकिने उनले बताए । दुवै देशका यो क्षेत्रको संस्कृति, भाषा, भेषभुषा मिल्ने भएकाले यसलाई सर्किटको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । 

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री समक्ष मानसखण्ड सर्किटका बिषयमा प्रस्ताव पेश गर्ने बताए । 

Atrya hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित स्वामी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री मन्त्री साउदले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताएका छन् । 

देशकै पहिलो चिकित्सा विश्वविश्वविद्यालयका रुपमा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको उनको भनाइ छ । 

सुदूरपश्चिम पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले अथाह सम्भावना बोकेको प्रदेश भएको समेत उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update