Sagun Khabar
कञ्चनपुरको भीमदत्तमा श्रम स्वीकृति दिन सुरु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाले सोमवारदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ । स्थानीय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।

भीमदत्त नगरपालिकाले २ जना स्थानीयलाई सोमबार श्रम स्वीकृत प्रदान गरेको छ । वडा नम्बर–९ निवासी आनन्द सिंह रावत र वडा नम्बर–८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओढाएर श्रम स्वीकृत पत्र प्रदान गरेकी हुन् । 

नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोशीले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update