Sagun Khabar
हिस्टुनको सुदूरपश्चिम अध्यक्षमा भट्ट चयन 

कञ्चनपुर –उच्च माध्यमिक शिक्षक युनियन नेपाल हिस्टुन सुदूरपश्चिम प्रदेश दोस्रो प्रदेश अधिबेशनबाट कृष्णदत्त भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार महेन्द्रनगरमा सम्पन्न भएको प्रदेश अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । प्रदेश अध्यक्ष अर्जुनसिह कुँवरको अध्यक्षता भएको प्रदेश अधिवेशनको उद्दघाटन सत्रमा उच्च माध्यमिक शिक्षक युनियन नेपाल हिस्टुनका राष्ट्रिय सहअध्यक्ष बिष्णु दौल्याल प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

अधिवेशनले प्रदेश समितिको उपाध्यक्षमा सुरेशकुमार हमाल, महिला उपाध्यक्षमा करुणा बराल उपाध्यक्षमा केशबसिह भाटलाई चयन गरेको छ । यस्तै सचिवमा ठण्डबहादुर खड्का, सहसचिवमा राजप्रसाद जोशी र कोषाध्यक्षमा भुवनराज जोशी चयन भएका छन् । 

सदस्यहरुमा कृष्णबहादुर रोकाया, गोरखबहादुर बिष्ट, रेणु रेग्मी, निता भट्ट, ईश्वरीकुमारी खड्का, जनकदत्त उपाध्याय, बिरबहादुर सार्की, शिबनाथ योगी, हरिषकुमार ठगुन्ना, जगदीश बुढाक्षेत्री, राजेन्द्र प्रशाद भट्ट र नारायण पनेरु चयन भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update