Sagun Khabar
कञ्चनपुरमा एक महिलामाथि बाघले आक्रमण गरेर लग्यो, खोजी कार्य जारी 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ । स्थानीय ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीले बताए । उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए । 

दिनदिहाडै बाघले महिलामाथि आक्रमण गरेपछि स्थानीयबासी त्रसित बनेका छन् । चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update