Sagun Khabar
भारतीय एसएसबीले कञ्चनपुरका चारजनामाथि कुटपीट गरे 

कञ्चनपुर –भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ । एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट गरेको हो । उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका–१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त–५ का रतन ठकुराठी र गोबिन्दप्रसाद जैसी (डब्लु)लाई कुटपिट गरेका हुन् । 

राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरुलाई एसएसबीले अमानवीय ढङ्गबाट कुटपिट गरेको हो । एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए । 

Atrya hospital

स्थानीय युवा भुपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट बिना कारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए ।स्थानीय सशस्त्र प्रहरीका अधिकारीले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अब उपरान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने बताए। 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update