Sagun Khabar
कञ्चनपुरमा दुई थान मोटरसाइकलसहित अवैध सामान बरामद
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा दुईवटा मोटरसाइकलसहित अवैध सामान बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुई थान मोटरसाइकलसहित प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा से.३ प. १३६७ र से.३ प. ६७३६ नम्बरका दुई थान मोटरसाइलकसहित भन्सार छलीका सामान बरामद गरेको हो । 

मोटरसाइकलसहित भन्सार छलीका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update