Sagun Khabar
कञ्चनपुरमा खैरो हिरोइनसहित एक युवक पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा अवैध लागुऔषध खैरो हिरोइन सहित एक जना युवा पक्राउ परेका छन् । 

जिल्लाको भिमदत्त नगरपालिका–१८ का रोहित चौधरीको १.२८ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका प्रहरीले जनाएको छ । उनको साथबाट विभिन्न कम्पनिका तीन थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update