Sagun Khabar
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता लिने 

काठमाण्डौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Atrya hospital

राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।  त्यससँगै पुस १० मा गठित सत्ता गठबन्धन भत्किने आँकलन गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update