Sagun Khabar
सेती नदीमा बगेर बैतडीको सिगासका दुई बर्षीय बालक बेपत्ता 

बैतडी–सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् । 

सिगास गाउँपालिका–५ घर भएका दुई बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए । 

सोमबार साँझ साढे ६ बजेतिर दिलिपकी आमा पार्वती धामी लुगा धुन सेती नदी किनारमा गएकी र सोही बेला सँगै गएका दिलिप बगेर बेपत्ता भएका बताइएको छ । 

सिगास गाउँपालिका–६ माइतीघर आएकी पार्वती साँझको समयमा लुगा धुन सेती नदी किनारमा गएकी प्रहरी निरीक्षक तिमिल्सैनाले बताए । लुगा धुने क्रममा संगै रहेका बालक बगेर बेपत्ता भएका हुन् । 

घटनापछि स्थानीयबासी र प्रहरीको टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update