काठमाण्डौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ । यही कारण दुई दलबीच दुरी बढ्दै गएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १४:४९
प्रतिक्रिया दिनुहोस्