Sagun Khabar
चन्द्र भण्डारीको अवस्थामा सुधार, मुखबाटै खाना खुवाउन थालियो

काठमाण्डौं –मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना दिन थालिएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।

Atrya hospital

३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन  दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।

एन्टिबायोटिकले काम गरेकाले अहिले इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनु पर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्राले बताए ।

चिकित्सकहरुले अबको काम भनेको इन्फेक्सनबाट बचाउने मात्र भएको बताउने गरेका कँडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update