Sagun Khabar
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन
Atrya hospital

काठमाण्डौं –ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले भण्डारीको मृत्यु भएको पुष्टि गरिन् । 

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update