काठमाण्डौं –एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा उनी घाइते भएका हुन् ।
विस्फोटमा उनकी आमा समेत घाइते भएकी छिन् । कीर्तिपुर अस्पतालमा आईसीयूमा उनीहरूको उपचार भइरहेको छ । भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०७:५३
प्रतिक्रिया दिनुहोस्