काठमाण्डौं –रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन् । उनले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आइतबार कार्यालयमा आउने जानकारी आएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् ।
यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो । लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए । यी सबै पद अहिले उनले गुमाएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ ०९:००
प्रतिक्रिया दिनुहोस्