युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदाैड हुँदा कम्तीमा नौ जनाको ज्यान गएकाे छ भने अन्य थुप्रै घाइते भएका छन् ।
प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाकाे एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए । याे घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएकाे थियाे ।
प्रदर्शन सकिएपछि भागदौड भएकाे पाँच जनाको घटनास्थलमै ज्यान गएकाे थियाे भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएकाे थियाे ।
काेभिड–१९ काे दुई वर्षे प्रतिबन्धपछि विश्वका अन्य देशमा जस्तै युगान्डामा पनि नयाँ वर्षकाे उत्सव मनाउने क्रममा याे घटना भएकाे प्रहरीले विज्ञप्तिमा भनेकाे छ । यसबारेमा अनुसन्धन गरिने प्रहरीले जनाएकाे छ ।