Sagun Khabar
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता 

काठमाडौं –नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ।  आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ। आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ। कांग्रेसले ‘दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउनेको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update