Sagun Khabar
कञ्चनपुरमा २ महिलासहित ३ जनामाथि खुकुरी प्रहार

कञ्चनपुर- कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते भएका हुन्।

 घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई पुनर्वास–२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको बताइएको छ। सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए।

Atrya hospital

उनका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए। 

घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ। उनीहरुमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको डा. सागर केसीले बताए।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update