बैतडी –बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही, देसाली क्षेत्रमा पहिरोका कारण जमिनमा ठूलो क्षति पुगेको छ ।
सोमबार राति खसेको पहिरोका कारण जमिन मासिनुका साथै केही भाग भासिएको स्थानीयले बताएका छन् । पहिरोका कारण जमिन कमजोर बनेकाले आगामी दिनमा थप क्षति तथा जोखिम हुनसक्ने भन्दै स्थानीयले तत्काल स्थलगत निरीक्षण गर्न माग गरेका छन् । जमिन भासिनुको कारण तथा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक सावधानी र रोकथामका उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीयले वडा अध्यक्षसमक्ष निवेदन दिँदै तत्काल स्थलगत निरीक्षण गरी पहिरोबाट भएको क्षतिको छानबिन तथा आवश्यक व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुनसक्ने सम्भावना रहेकाले सम्बन्धित निकायले समयमै निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थानीयहरुको माग रहेको छ ।




