Sagun Khabar
मुक्त हलियाकाे स्थायी समाधान खाेजिनु पर्नेमा मुख्यमन्त्री भट्टको जोड

बैतडी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाको स्थायी रुपमा समाधान खोजिनु पर्ने बताउनुभएको छ।

आज धनगढीमा १८ औ  मुक्त हलिया दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले पुनर्स्थापना हुन बाकी रहेका मुक्त हलिया परिवारको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ । मुख्यमन्त्री भट्टले हलिया मुक्ती घोषणाको बर्षौ सम्म पुनर्स्थापना कार्य पूरा नहुनका कमजोरीलाई औँल्याउँदै वास्तविक र नक्कली मुक्त हलियाको यथार्थ पहिचान गरिनु पर्नेमा जोड दिएका हुन । 

नक्कली मुक्त हलिया खडा गरेर पुनर्स्थापनालाई गिजोल्ने काम भइरहेको त  छैन, अव राज्यका निकाय र हलिया क्षेत्रमा काम गर्ने हलिया महासङ्घको भूमिका, कामकारबाहीबारे गम्भीर समीक्षा र मूल्याङ्कन गरिनु पर्ने बताए । मुख्यमन्त्री भट्टले प्रदेश सरकार मुक्त हलियाका मागप्रति सकारात्मक रहेको उल्लेख गर्दै नयाँ बजेटमा मुक्त हलियालाई सम्बोधन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष रमेशराम कोलीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन बहादुर भण्डारी, भौतिक पुर्वाधार राज्य मन्त्री जानकी पौडेल कुँवर , बन बाताबरण उद्योग तथा पर्यटन मन्त्री प्रकाश रावल, आर्थिक मामिला राज्य मन्त्री जानकी ऐर बम लगायत सरोकारवाला तथा मुक्त हलियाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update