Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ का रमेश धामीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।  सोमबार साँझ ब्रह्मदेव क्षेत्रमा धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update