Sagun Khabar
गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना 
Atrya hospital

कञ्चनपुर –नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । पश्चिमी सीमा नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एव ट्राफिक पोष्ट स्थापना गरेको छ । प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पर्यटन सहायता कक्षको उद्घाटन गर्दैै गड्डाचौकी नाका पर्यटनका महत्वपूर्ण नाका भएको बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update