Sagun Khabar
कञ्चनपुरमा सेनाको साइकल यात्रामा विष्ट प्रथम

कञ्चनपुर –स्वास्थ्य र पार्यावरणप्रति हाम्रो दायित्व भन्ने मुल नाराका साथ नेपाली सेनाले आयोजना गरेको ‘शुक्ला दोधारा चादँनी’ साइकल यात्रामा महेन्द्रनगरका भुवन विष्ट प्रथम भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा एक घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै विष्ट प्रथम भएका हुन ।

Atrya hospital

साइकल यात्रा सकिएपछि यहाँस्थित रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाका पश्चिम कमाण्डका सेनापति उपरथी हिरालाल जोशीले साइकल यात्रामा बिजेताहरुलाई साइकल, प्रमाणपत्रसहित पुरस्कृत गरे ।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको साइकल यात्रामा केशबसिंह भण्डारी दोस्रो र नेपाली सेनाका लालबहादुर गुरुङ्ग तेस्रो भएका छन् । 

प्रतियोगितामा ६३ जना भन्दा बढीको सहभागिता रहेको सेनाले जनाएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोग नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, आयोजक श्रीन नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल लगायतको सहभािगता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविर, विभिन्न जनचेतनामुलक कार्यक्रम र सार्वजनिक सम्पतिको संरक्षण र सम्र्वद्धन समेत गर्दै आएको सेनाले स्वास्थ्य र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि साइकल यात्रा आयोजना गरेको जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update