Sagun Khabar
कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा शिशुको मृत्यु, ३ महिला घाइते

कञ्चनपुर- कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो। 

दुर्घटनामा परी अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए। अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। उनी कुरुवासँगै घर फर्कदै गरेको प्रहरीले जनाएको छ। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

Atrya hospital

एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन्। 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update