कञ्चनपुर- कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्लाको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन्।
काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ ०९:०२
प्रतिक्रिया दिनुहोस्