Sagun Khabar
बैतडीको पाटनमा सम्पन्न आखाँ शिविर बाट आज ६ सय ५७ जनाले सेवा लिए
Atrya hospital

बैतडी - बैतडीको पाटनमा सम्पन्न आखाँ शिविर बाट आज ६ सय ५७ जनाले सेवा लिएका छन । स्वास्थ्य कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योती सघं र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा यहि वैशाख ५ ६ र ७ गते पाटन आखाँ उपचार केन्द्रमा लागेको निःशुल्क आँखा उपचार तथा अप्रेशन शिविरबाट ६ सय ५७ जनाले सेवा लिएको स्वास्थ्य कर्यालय बैतडीले जनाएको छ ।

स्थानियस्तरमै सेवा लिनु सजिलो होस भनेर आयोजना गरिएको आखाँ शिविरमा १ सय ४१ जनाको मोतिबिन्दुको शल्यक्रिया समेत भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक भुवन जोशीले जानकारि दिए । यसरि स्थानियस्तरमै निःशुल्क सेवा लीनु पाउदा नागरिकहरु पनि  निकै खुसि भएका पाईन्छन । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update