Sagun Khabar
बैतडीको सुर्नयामा राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिने चन्दको घोषणा 

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला सचिव देवबहादुर चन्दले आगामी स्थानीय तहको निर्वाचनमा सुर्नया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । 

रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा कुराकानी गर्दै सचिव चन्दले राप्रपाबाट आफू उम्मेद्वार हुने बताएका हुन् । गएको स्थानीय तहको निर्वाचनमा पनि उनले राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । त्यो बेला उनी पराजित भएका थिए । 

यो पालीको चुनावमा आफ्नो पार्टीले चुनाव जित्ने उनले दाबी समेत गरेका छन् । अहिले प्रत्येक वडामा आफ्नो पार्टीको संगठन रहेको उनले बताए ।

गाउँपालिकाको अहिलेको सरकारले नागरिकका आकांक्षा पूरा नगरेकाले नागरिकले विकल्प खोजेको चन्दले बताए । आफूहरु अहिले भ्रष्टाचारमुक्त अभियानमा लागेको समेत उनले बताए । नागरिकले सरकार चलाउने जिम्मेवारी दिए आफूहरुले उत्कृष्ट काम गर्ने उनले दाबी गरे । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update