Sagun Khabar
बैतडीमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते 

बैतडी –बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको ईभी गाडी मंगलबार साँझे दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी घाइते हुनेमा मा मेलौली–१ का अङ्कित नेगी (७), अन्सु नेगी (५), सरस्वती नेगी (३०), लक्ष्मी नेगी (२७), सरु पार्की (३३), चादनी पार्की (२५), जानकी पुजारा (३४), रमेश पुजारा (१२), रेस्मा पुजारा (१५), हजारी पोखरेल (६५), महेन्द्र पुजारा (४२), कमला दमाई (१०) र गगन चन्द (६५) रहेका छन् । 

यस्तै पाटन नगरपालिका–७ का नरेश ठगुन्ना (१९), दिनेश ठगुन्ना (१८) र सागर ठगुन्ना (१८), मेलौली–१ का चालक मान सिंह नायक (३०), आलोक चन्द (५) तथा अन्जना कुमारी नेगी (१२) र माधुरी नायक (१२) घाइते भएका छन् । 

घाइतेमध्ये अङ्कित, अन्सु, सरु र जानकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीलाई डडेल्धुराबाट धनगढी रेफरको तयारी भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update