Sagun Khabar
बैतडीको सुर्नयामा एमालेको प्रशिक्षण, एक सयजनाले पार्टी प्रवेश गरेको दाबी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा एमालेको गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर गाउँपालिकास्तरीय प्रशिक्षण सम्पन्न भएको एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

मंगलबार भएको प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य लिलाधर भट्ट, केन्द्रिय सदस्य पुरनसिंह दयाल, प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरेर १ सय १ जनाले पार्टी प्रवेश गरेको भण्डारीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update