Sagun Khabar
धनगढीका मेयरमाथि जातीय विभेद गरेको कसुरमा एकजनालाई दुई महिना कैद 

कैलाली –सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ । उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो । 

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर उनले  लेखेका थिए । सामाजिक सञ्जाल मार्फत जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पाण्डेविरुद्ध जाहेरी दिएका थिए । 

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो । उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २०  हजार रुपैयाँ जरीवानाको सजाय सुनाएको हो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update