Sagun Khabar
टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : फिलिपिन्ससँग टस हारेर नेपाल ब्याटिङमा

आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

टस हारेको नेपालले पहिला ब्याटिङ गर्दैछ । टस जितेर फिलिपिन्सले पहिला बलिङ रोजेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ ।  फिलिपिन्ससँगकाे खेलमा गुल्सन झाले डेब्यु गर्दैछन् । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । 

Atrya hospital

ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्षस्थानमा छ । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले फिलिपिन्सलाई पनि हराउन सके र आज नै हुने समूह ‘बी’ को अर्को खेलमा ओमान क्यानडासँग पराजित भए नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । तर आजको खेलमा ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने हुन्छ ।

क्यानडासँगको खेलमा नेपाल पराजित भएमा नेट रनरेटमा निर्भर रहनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ । 

#उज्यालो #

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update