Sagun Khabar
दशौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडी दर्ता प्रक्रिया सुरुः असोज २८ गतेसम्म आवेदन दिन सकिने

बैतडी, कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारी स्वरूप बैतडीमा खेलाडी दर्ता फारम भर्ने प्रक्रिया सुरु भएको छ ।

बैतडी जिल्ला खेलकुद समितिका अनुसार प्रदेशस्तरीय तथा जिल्लास्तरीय छनौट प्रतियोगितामा सहभागिताका लागि जिल्लाभित्र खेलिने विभिन्न खेलका महिला तथा पुरुष खेलाडीहरूले असोज २८ गतेभित्र फारम भरिसक्नुपर्नेछ ।

फारम भर्नका लागि इच्छुक खेलाडीहरूले असोज १४ गते  (बुधबार) देखि २८ गतेसम्म बिहान दश बजेदेखि बेलुका पाँच बजेभित्र दशरथचन्द नगरपालिका–४ गडी स्थित जिल्ला खेलकुद समितिको कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ । दर्ता फारम नभर्ने र नाम दर्ता नगराएका खेलाडीहरूलाई जिल्लास्तरीय छनौट प्रतियोगितामा सहभागी नगराइने जिल्ला खेलकुद समिति बैतडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update