Sagun Khabar
कञ्चनपुरका एक कोरोना संक्रमितको धनगढीमा मृत्यु 
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्थायी कोरोना अस्पताल धनगढीमा उपचाररत भीमदत्त नगरपालिका ८ तिलाचौरका एक ७५ बर्षीय पुरुषको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कैलालीका अनुसार गत पौष २७ गते मोटरसाइकलबाट लडेर घाईते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए । त्यसपछि यही माघ ७ गते परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमित भएपछि उनको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update