Sagun Khabar
बैतडीको बबेतमा पहिरोले एक घर भत्कियो, पाँच घर पहिरोको जोखिममा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–४ बबेतमा गाउँमाथिबाट खसेको पहिरोले एक घरमा क्षति पुर्याएको छ । लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय पार्वती ओडको कच्ची घर पूर्ण रुपमा भत्किएको प्रहरीले जनाएको छ ।

यस्तै सोही ठाउँका महेशराम ओड, नरेशराम ओड, लछीराम ओड, जगदीश ओड र दमन ओडको घर पहिरोको उच्च जोखिममा रहेका छन् । 

पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पहिरोले पार्वतीको घर भत्किएको उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update