बैतडीको दनपामा आइतबार सार्वजनिक बिदा

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । माघ १६ गते आइतबार शहीद दिवस परेकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
देशका जेष्ठ शहीदहरुको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
शहीद दशरथचन्द जन्मेको भूमी बैतडीमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद दिवसका अवसरमा कार्यक्रम गर्ने समेत जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १२:११
प्रतिक्रिया दिनुहोस्