Sagun Khabar
बाजुरामा खोलाले बगाएका किशोर मृत भेटिए 

बाजुरा –बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ बर्षीय किशोर मृत फेला परेका छन् । 

बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगेका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका प्रहरीले जनाएको छ । 

यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको थियो । उनी बगाएको ठाउँदेखि करिब एक किलोमिटर टाढा गडखेतमा बुधबार मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update