Sagun Khabar
नेकपा एमाले बैतडीको बन्द सत्र  सुरू 

बैतडी-बैतडीमा नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको  बन्द सत्र पाटनमा सुरू भएको छ । शुक्रबार राति ढिलो गरेर एमाले बैतडीको बन्द सत्र सुरू भएको हो । बन्द सत्रमा दश ओटै तहबाट आएका ५०९  जना प्रतिनिधि  सहभागी भएका छन् । बन्द सत्रमा बर्तमान अध्यक्ष सुरेन्द्र पालले राजनीतिक,सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सोही प्रतिवेदन माथि छलफल हुने जनाएको छ । राति नै सहमतिमा नेतृत्व चयनका लागि प्रयास हुने जनाएको छ ।  सहमति नजुटे २४ गते शनिबार निर्वाचन हुने जिल्ला कमिटि सदश्य लोक बहादुर भण्डारीले बताए । जिल्ला  नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाँउपालिका अध्यक्ष सुरेन्द्र पालको दावि रहेको छ ।

शुक्रबार पाटनमा एमालेक‍ो जिल्ला अधिवेशनको उदघाटन सत्र सम्पन्न भइसकेको छ । उदघाटन कार्यक्रममा सुरेन्द्र पालको अध्यक्षता तथा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य पुरन सिंह दयालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रीय सदश्य लिलाधर भट्ट , प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।  उदघाटन सत्रमा बरिष्ठठ देउडा गायक महेश कुमार ओैझि लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update