Sagun Khabar
८२ बर्षिय समाजसेवी हरजित सिंह टेरले लेखे वडा कार्यालयलाई पत्र,सडक विस्तारको माग । 

बैतडी-बैतडीको  दशरथचन्द  नगरपालिका वडा न १ गेरुखोला बस्ने ८२ बर्षिय समाजसेवी हरिजितसिंह टेरले वडा कार्यालयलाई सडक विस्तार गरिदिन पत्र लेखेका छन ।

 २०६६ सालमा दशरथचन्द न पा १ गुरुखोला बजारदेखी झोकाली,देउमडा गाउँबस्तीलाई जोड्ने गरि विस्तार भएको सडक अहिले कलौन सम्म पुगेर स्थगित रहेकोले सो सडक खण्ड गाउँबस्तीहरुलाइ समेटेर दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्थित बैतडी दार्चुला सडक खण्डमा जोडिदिन ८२ वर्षिय समाजसेवी टेरले पत्र मार्फत वडा कार्यालय लाई आग्रह गरेको छ ।

 उक्त सडक जोडेमा स्थानियहरूलाइ यात्रामा सहजताका साथै स्थानीय उत्पादनलाई बजार सम्म पुगाउन सहज हुने भएकोले सम्बन्धित सबैलाइ सहयोग गर्न अपिल गरेका छन । टेरले वडा कार्यालय  , नगरपालिका देखि मुख्यमन्त्रीको कार्यालय सम्म सडक विस्तारको लागि पत्र मार्फत आग्रह गरेको बताएका छन ।

  यता  वडा अध्यक्ष भुवनराज भट्टले भने सडक विस्तारको माग जायज रहेको र  कलौन झोकाली देखि पितलथला सम्मको सडकको लागी बजेट विनयोजन भइसकेको तर जग्गा विवादका कारण अगाडि बढाउन नसकिएको  बताए । 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update