Sagun Khabar
बैतडीको सुर्नयामा अनेम संघ र राष्ट्रिय युवा संघको कमिटि गठन 

बैतडी– नेकपा एमाले बैतडीले जिल्लामा जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने कार्यमा तीव्रता दिएको छ । शनिबार जिल्लाको सुर्नया गाउँपालिकामा अनेम संघको गाउँपालिका कमिटि गठन गरिएको छ । मञ्जु भट्टको अध्यक्षतामा गठन गरिएको ७५ सदस्यीय कमिटिको उपाध्यक्षमा सावित्री अवस्थी, सचिवमा जयन्ती बिष्ट, कोषाध्यक्षमा मञ्जु चुनारा लगायतका अन्य सदस्यहरु रहेका छन् । 

यस्तै विक्रम बिष्टको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय युवा संघको गाउँपालिका कमिटि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा जगदीश महरा, सचिवमा धनबहादुर बिष्ट,सहसचिवमा विष्णुदत्त भट्ट, कोषाध्यक्षमा पार्वती बोहरा लगायत अन्य सदस्यहरु रहेका राष्ट्रिय युवा संघका केन्द्रिय सचिव बिष्ना चन्दले बताइन् । 

कमिटि गठन गर्ने क्रममा नेकपा एमालेका सुर्नया इन्चार्ज मोहनबहादुर बिष्ट, राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश इन्चार्ज सन्तोषप्रकाश जोशी,राष्ट्रिय युवा संघका केन्द्रिय सचिव बिष्ना चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update