बैतडी : सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

बैतडी –बैतडीको पाटन नगरपालिका ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवर प्रमुख अतिथी रहेका थिए ।
सभामा पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्त र पाटन नगरपालिका वडा नं ९का वडा अध्यक्ष लोकबहादुर भण्डारी बिशिष्ट अतिथी रहेका थिए ।
सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थामा १ हजार ५५१ जना सदस्य रहेका छन् भने १६ लाख शेयर पूँजी रहेको छ । यस्तै सहकारी संस्थाको कुल पूँजी २ करोड ८५ लाख रहेको सहकारी संस्थाका अध्यक्ष बिष्टले बताए ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८ १७:३६
प्रतिक्रिया दिनुहोस्