Sagun Khabar
कैलाली, कञ्चनपुरमा बस्दै आएका सुर्नयाका युवाले धनगढीमा गरे छलफल 

बैतडी – अध्ययन तथा कामको सिलसिलामा कैलाली र कञ्चनपुरमा बस्दै आएका बैतडीका सुर्नयाका युवाहरुले आज धनगढीमा छलफल गरेका छन् । जयबहादुर कुँवरको अध्यक्षतामा भएको भेलाले सुर्नयाको विकासका लागि युवाहरुको भूमिकाका बिषयमा छलफल गरिएको बताइएको छ । 

सुर्नया विकासका लागि चाल्न सकिने, विकृति विसंगति हटाउन गर्न सकिने उपाय लगायतका बिषयमा छलफल भएको कुँवरले बताए । यस्तै आफ्नो गाउँठाउँका समस्या समाधानका लागि युवाहरुले गर्न सकिने पहल भएको बिषयमा समेत छलफल भएको छ । 

भेलाले आगामी दिनमा सुर्नयाका युवाहरु एकभएर गाउँपालिका भित्र रहेका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत भएको कुँवरले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update