सुदूरपश्चिममा मंगलबार थप १४ जनामा कोरोना पुष्टि

बैतडी –सुदूरपश्चिममा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभरी ६०४जनाको कोरोना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पीसीआर परीक्षण गर्दा कैलालीका ९,कञ्चनपुरका २ र बैतडीका एकजनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै एन्टीजेन परीक्षणमा कञ्चनपुरमा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरी ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १८:२२
प्रतिक्रिया दिनुहोस्