Sagun Khabar
बैतडीको सिगासमा बाढीले पुर्याएको क्षतिको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइयो 

बैतडी –गएको कार्तिकमा परेको बेमौसमी बर्षाले जिल्लाको सिगास गाउँपालिकामा पुर्याएको क्षतिका बिषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको छ । 

गाउँपालिकाका तर्फबाट प्राविधिक सहितको टोलीले गरेको अनुगमनका आधारमा बनाइएको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइएको सिगास गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । 

Atrya hospital

प्रधानमन्त्रीलाई आज भेटेरै बाढी पहिरोले पुर्याएको समस्याका बारेमा जानकारी दिइएको र विवरण इमेल मार्फत पठाइएको उनले बताइन् । 

सिगास गाउँपालिकाका केही बाढी पहिरो प्रभावित सहित प्रधानमन्त्री कार्यालय पुगेर क्षतिका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको नेपाल विद्यार्थी संघका जिल्ला सदस्य विरेन्द्र साउँदले बताए । गाउँपालिकाको ढुंगा, लोडे, लामबगर, लेकम, बोरी लगायतका ठाउँमा पुर्याएको क्षति विवरण बुझाइएको उनले बताए । 

सिगास गाउँपालिकाले यसअघि तयार पारेको क्षति विवरण विभिन्न बिषयगत मन्त्रालय र प्रदेश सरकारलाई इमेल मार्फत पठाईसकेको उपाध्यक्ष चन्दले बताइन् । 

गएको कार्तिकमा परेको बेमौसमी बर्षाले जिल्लाको सिगास गाउँपालिकामा धेरै क्षति पुर्याएको थियो । सरकारले जिल्लाको सिगास र शिवनाथ गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र समेत घोषणा गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update