बैतडी – नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा बैतडीका विक्रम कुँवर चयन भएका छन् ।
महासंघको काठमाण्डौंमा भएको सम्मेलनले उपाध्यक्षमा कुँवरलाई सर्वसम्मत चयन गरेको हो । संघको अध्यक्षमा मातृका पौडेललाई चयन गरेको छ ।
लेखक संघ , चलचित्रकर्मी संघ, नाट्यकर्मी संघ, कलाकार संघ लगायतका सात ओटा घटक मिलेर जनसाँस्कृतिक महासंघ गठन भएको र यसले जनसंस्कृति विकासका लागि काम गर्ने उपाध्यक्ष कुँवरले बताए ।
महासंघको उपाध्यक्षमा चयन भएका कुँवरले जनचेतामूलक गिती एल्बम समेत निकालेका छन् । उनले लामो समयदेखि ड्यौडा गीत मार्फत चेतना फैलाउँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ १२:४८
प्रतिक्रिया दिनुहोस्