Sagun Khabar
बैतडीमा विद्युत  विस्तारमा ठेकेदारको लापरवाही

बैतडी –बैतडीको डिलाशैनीमा विद्युत विस्तारमा ठेकेदारले लापरवाही गरेपछि स्थानीयबासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयासंग दुई बर्ष अघि अमृत कन्सट्रक्सनले विद्युत विस्तारका लागि ठेक्का सम्झौता गरेको भएपनि अहिले सम्म काम अघि बढेको छैन् । 

विद्युत विस्तारका लागि ल्याइएका तार, पोलहरु अलपत्र अवस्थामा छोडिएको स्थानीय सुरेश श्रेष्ठले बताए । उनले भने ‘ठेकेदारको लापरवाहीले गाउँमा विद्युत विस्तार हुन सकेको छैन् । अहिले ठेकेदार नै आउँदैन् । सम्बन्धित निकायले पहलकदमी नगर्दा समस्या भएको छ ।’

Atrya hospital

गाउँमा विद्युत विस्तार गर्ने कार्य अलपत्र परेपछि आफूहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीयहरुले बताएका छन् । ठेकेदारले काम नगर्दा समस्या भएको स्थानीयहरुले बताएका छन् । 

यो बिषयमा डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले विद्युत विस्तारका लागि ठेकेदार बारम्बार ताकेता गरेको भएपनि ठेकेदार नै गायब भएको बताए । उनले भने ‘हामीले ठेकेदारलाई सम्पर्कमा ल्याउने प्रयास पनि गर्यौं । अत्तरीया प्रादेशिक कार्यालयमा पनि पुग्यौं । तर काम अघि बढाएको छैन् ।’

विद्युत विस्तारको काम अघि बढाउन गाउँपालिकाले पनि पहल गरिरहेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । ठेकेदारलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन आग्रह गरिएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update