बैतडी – एमाले निकट नेपाल निजामति कर्मचारी संगठन बैतडीको अधिवेशन आयोजक कमिटिको अध्यक्षमा महेश अवस्थी चयन भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको शनिबार भएको जिल्ला भेलाले अवस्थीको संयोजकत्वमा ४५ सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरेको हो ।
सो कमिटिको सहसंयोजकमा अमरेश ठगुन्ना, प्रयागराज पन्त र प्रतिभा सार्की रहेका छन् । यस्थै सचिवमा कृष्ण बोहरा, कोषाध्यक्षमा पुरुषोत्तम नाथ, सहसचिवमा प्रकाश कार्की लगायत अन्य सदस्यहरु रहेका छन् ।
कमिटिले पौष २४ गतेका दिन जिल्ला अधिवेशन गर्ने र पौष १५ भित्र पालिका अधिवेशन गरिसक्ने अधिवेशन आयोजक कमिटिका संयोजक महेश अवस्थीले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ ०९:०५
प्रतिक्रिया दिनुहोस्