बैतडी –नेकपा एमाले बैतडीको प्रथम जिल्ला अधिवेशन पाटनमा गर्ने निर्णय गर्दै जिल्ला कमिटि बैठक शनिबार सम्पन्न भएको छ । बैठकले पौष २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।
यस्तै जिल्ला अधिवेशनमा ५०९ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । जिल्लाभरी एमालेका ९ हजार ३२९ सक्रिय सदस्य रहेका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र पालको संयोजकत्वमा अधिवेशन मूल समारोह समिति गठन गरिएको छ भने १० ओटा विभिन्न उपसमितिहरु पनि बनाइएका छन् ।
यस्तै जिल्लाभरी पौष २० गतेभित्र जनवर्गीय संगठनहरुका अधिवेशन सम्पन्न गरिसक्ने र सोही अवधिभित्र पार्टीको टोल कमिटिहरु पनि गठन गरिसक्ने निर्णय भएको भण्डारीले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ ०८:१७
प्रतिक्रिया दिनुहोस्