बैतडी– बैतडीको सुर्नया गाउँपालिका २ लिस्किटास्थित बासुलिङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा देवबहादुर चन्द चयन भएका छन् । सहकारी संस्थाको शनिबार सम्पन्न १५ औं साधारण सभाले चन्दको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राधा ऐरी, सचिवमा केशवराज भट्ट र कोषाध्यक्षमा नरेन्द्र विष्ट सहित ११ सदस्यीय कार्य समिति चयन भएको बताइएको छ ।
२०६३ सालमा स्थापना भएको वासुलिंग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ५ सय २ जना सेयर सदस्य र १सय ५० बाल बचतकर्ता रहेका छन् । सहकारी संस्थाको कुल पूँजी १ करोड ७३ लाख ९७ हजार ६ सय ५५ रहेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८ १६:३२
प्रतिक्रिया दिनुहोस्