बैतडी –बैतडीमा एक विद्यालयको व्यवस्थापन समितिको नेतृत्वका लागि १५ जना आकांक्षी देखिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ मावि ककरपाखाको ३ जना सदस्यका लागि १५ जना आकांक्षी देखिएपछि समिति चयन हुन सकेको छैन् ।
शुक्रबार विद्यालयमा भएको अभिभावक भेलामा ३ जना सदस्यका लागि १५ जना आकांक्षी भएपछि समितिका सदस्य चयन हुन नसकेका विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले बताए ।
३ जना सदस्य चयन गरेर पालिकालाई पठाउनुपर्ने र पालिकाले एकजनालाई अध्यक्ष र अन्यलाई सदस्यमा मनोनित गरेर पठाउने व्यवस्था रहेको छ ।
३ जना सदस्यको लागि १५ जना आकांक्षी देखिएपछि भेलाले निर्णय गर्न नसकेको र ५ गते १५ जनालाई सहमति गरेर आउन भनेको प्रधानाध्यापक जोशीले बताए ।
१५ जनामा सहमति नभए सदस्य चयनका लागि मतदान हुन सक्ने उनले बताए । तर १५ जनामा सहमति हुने आसा रहेको उनले दाबी गरे ।